Skip

Hamro Sanchar

मधेसमा सरोजकुमार यादवको पुनरागमन, मुख्यमन्त्रीको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं ।मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले उनलाई शपथ गराएका हुन्। जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता यादव शनिबार संविधानको धारा १६८(३)अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए।

यसअघि कृष्णप्रसाद यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन प्रदेश प्रमुखले दलहरूलाई दाबी पेस गर्न आह्वान गरेका थिए।

तोकिएको समयभित्र कुनै दाबी नपरेपछि प्रदेशसभाको ठूलो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

 


प्रतिकृया दिनुहोस्