Skip

Hamro Sanchar

शरीरभित्र लुकाएर ल्याए झण्डै २ किलो सुन, चिनियाँ नागरिक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

२ मंसिर, काठमाडौं । हङकङबाट काठमाडौँ आएका एक चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

आज साढे १ बजे नेपाल एयरलाइन्समार्फत काठमाडौँ आइपुगेका ५८ वर्षीय जियानहुवा वाङलाई विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको हो।

जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको १ किलो ८०३.७७ ग्राम सुन फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनले सुनलाई चारवटा डल्ला बनाएर अर्धठोस अवस्थामा लुकाएर ल्याएको पाइएको छ।

पक्राउ परेका वाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् ।

 


प्रतिकृया दिनुहोस्