Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राशिदको अर्धशतकमा चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

२३ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थान कब्जा गरेको छ।

आज कीर्तिपुरमा भएको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो। चितवनका रवि बोपाराले ५५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो। उसका लागि राशिद खानले सर्वाधिक ५२ तथा सहानले ३३ रनको योगदान दिए।

लगातार चौथो जितसँगै काठमाडौंले ८ अंक जोडेको छ भने चितवनले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।


प्रतिकृया दिनुहोस्