Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवराजको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

काठमाडौं । युवराज सर्म्राको शतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३ रनले हराउँदै पहिलो जित निकालेको छ।

पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो। जवाफमा कर्णाली १५४ रनमै समेटियो। पोखराका युवराजले १०२ र कुशल भुर्तेलले ६२ रन बनाए। बलिङमा मेहदी हसनले ३ विकेट लिए।

लगातार चार हारपछि पहिलो जित निकालेको पोखराले दुई अंक जोडेको छ। कर्णाली भने पाँच खेलमा तेस्रो हार बेहोर्दै प्लेअफ दौडमा दबाबमा परेको छ।


प्रतिकृया दिनुहोस्