२३ कार्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो हटाइएसँगै पृथ्वी राजमार्गमा यातायात पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक ६ वटा मेसिन परिचालन गरी दिउँसो १ः४० बजेदेखि खुलाइएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डले जनाएको छ।
पहिरो हटेपछि अहिले सवारीसाधन दुवैतर्फबाट आवतजावत गरिरहेका छन्।

























