२३ कार्तिक, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा धादिङका ४७ वर्षीय बुद्धिमान तामाङ तथा नुवाकोटका ३१ वर्षीया बिन्दा थापामगर र २७ वर्षीया सुनिता थापामगर घाइते भएका थिए।
गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

























