Skip
आज : २०८३ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पटाका बनाउने क्रममा विस्फोट, ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । भारतको बिहारस्थित सिवान जिल्लामा एक घरमा पटाका बनाउने क्रममा भएको विस्फोटमा पाँचजनाको मृत्यु भएको छ ।

सिवानका एसपी भरत सोनीका अनुसार मेडिकल टोलीको मूल्यांकनपछि सिभिल सर्जनले पाँचजनाको शव फेला परेको पुष्टि गरेका छन् ।

घटनाको समयमा घरमा सातदेखि आठजना उपस्थित रहेको बताइएको छ, जसमध्ये पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ । दुईदेखि तीनजना घरबाहिर रहेको बताइएको छ ।

“फोरेन्सिक साइन्स ल्याबको टोली घटनास्थलमा पुगेको छ । आगो पूर्ण रूपमा निभाइसकेको छ,” सिवानका प्रहरी उपरीक्षक भरत सोनीले भने, “बम पत्ता लगाउने र डिस्पोजल गर्ने टोली पनि घटनास्थलमा पुगेको छ ।”

यस विषयमा लापरवाही गरेको आरोपमा जामो बजार प्रहरी चौकीका इन्चार्ज र स्थानीय चौकीदार चन्द्रिका माझीलाई निलम्बन गरिएको छ । प्रहरीले यस घटनामा एफआईआर दर्ता गरेको छ ।


प्रतिकृया दिनुहोस्