धनगढी । राष्ट्रिय स्वतन्त्र पार्ट (रास्वपा)का सभापति रवि लामिछाने परिवारसहित तीनदिने धार्मिक यात्राका लागि भारत प्रस्थान गरेका छन्।
उनले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थल जान लागेको बताएका छन्।
आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले तीर्थाटनमा निस्किएको बताए।
उनले आफ्नो निजी भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन पनि आग्रह गरे।
भ्रमणका क्रममा लामिछाने परिवारले भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयले भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई अतिरञ्जित नगर्न र राजनीतिक रंग नदिन आग्रह गरेको छ।
तीनदिने भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते नेपाल फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।































