Skip
आज : २०८३ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भोटेकोशि बाढीपीडितका लागि अन्तर्राष्ट्रिय कोषले दिने भयो ३ अर्ब रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ५ गते


Advertisement

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले ३ अर्ब २ करोड रुपैयाँ अनुदान पाउने भएको छ।

जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको हानि-नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।

गत भदौ १० गते आएको बाढीबाट १ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी अझै बेपत्ता छन्।

बाढीका कारण १५ हजारभन्दा बढी परिवारका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति करिब २।७ अर्ब अमेरिकी डलर रहेको अनुमान छ भने पुनर्निर्माणका लागि करिब ४।७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने आकलन गरिएको छ।

प्रभावित क्षेत्रमा सहयोग जुटाउन अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको बोर्डसमक्ष विशेष अनुरोध गरेका थिए।

सोही अनुरोधपछि अक्टोबर २२ मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णयलाई अन्तिम रूप दिएको मन्त्रालयले जनाएको छ।

उक्त रकम परिचालन गर्न नेपालले आवश्यक प्रस्ताव तयार गरी कोषसमक्ष पेस गर्नुपर्नेछ।


प्रतिकृया दिनुहोस्