Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा आजदेखि प्रहरीको निःशुल्क बस, कहाँ–कहाँ चल्छन्?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

काठमाडौं । बडादसैँमा यात्रुको सहज आवागमनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ। कात्तिक ३ र ४ गते तीनवटा रुटमा बस चलाइने प्रहरीले जनाएको छ।

पहिलो दिन आज दिउँसो ४ बजेदेखि बस सञ्चालन भएको  छ भने  ४ गते बिहान ८ बजे र दिउँसो ३:३० बजे सेवा उपलब्ध हुनेछ।

तीनवटा रुट यसप्रकार छन् :

रुट नम्बर १: नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै नक्साल फर्किनेछ।

रुट नम्बर २: नक्साल, रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल पुग्नेछ।

रुट नम्बर ३: नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ।

प्रहरीका अनुसार चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो। यसबाट उपत्यकाभित्र यात्रा गर्ने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्