Skip
आज : २०८३ कार्तिक ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलमा पहिलोपटक डीआरएस, अब गलत निर्णयमाथि रिभ्यू !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज सामाजिक सञ्जालमार्फत एनपीएलमा डीआरएस लागू गरिने जानकारी दिएको हो ।

यसअघि क्यानका सचिव पारस खड्काले दुई कम्पनीसँग डीआरएस प्रविधिको परीक्षण गरिएको र एक्युरेसी मूल्यांकनपछि अन्तिम निर्णय लिइने बताएका थिए ।

क्यानका अनुसार एलबीडब्लु रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रयोग हुनेछ । यस्तै, रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णय पनि रिभ्यू गर्न सकिनेछ ।

यसका साथै एआई प्रविधिबाट ब्याटमा बल लागेको एज पत्ता लगाउने सुविधा, हाइटका आधारमा वाइडको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछन् ।

डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहज बनाउने र खेललाई थप निष्पक्ष तथा प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्