काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।
चलचित्र जाँच समितिले आज सर्टिफिकेट दिएसँगै अब सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउनेछन्।
दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ र मिरुना मगरलगायत कलाकारको अभिनय रहेको चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा सामाजिक कथालाई कमेडी र एक्सन शैलीमा प्रस्तुत गरिएको छ।
यसअघि ‘कबड्डी’ का चारवटै शृङ्खलाले सफलता पाएकाले पाँचौँ भागप्रति पनि दर्शकको अपेक्षा उच्च रहेको छ।































