काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सुनारले आफुमाथी लागेको आरोपको खण्डन गरेका हुन् ।
उनले आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत चुनौती दिएका छन्।
तर, एक महिलामाथि मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा फोटो, अडियो र भिडियो जोडेर टिप्पणी गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।
सुनारले आफूमाथिका आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने र दोष प्रमाणित भए सजाय स्वीकार गर्ने स्पष्ट पारेका छन्।
साथै, सम्बन्धित महिलामाथि भइरहेको भनिएको आक्रमण र दुर्व्यवहार स्वीकार्य नहुने उनको भनाइ छ।































