काठमाडौं । संसदीय सुनुवाइ समितिले भारत, चीन र अमेरिकासहित १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।
समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा छन्।
त्यस्तै, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा। मञ्चला झाको नाम अनुमोदन भएको छ।
यसैबीच, मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको नामबारे समितिले निर्णय गर्न बाँकी रहेको जनाएको छ।































