Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र जयशंकरको भेट, के भयो छलफल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गुरुङले आज जयशंकरसँग भेट गरेका हुन्।

भेटमा क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तरदेशीय अपराध नियन्त्रण र विपद् पूर्वतयारीमा सहकार्यबारे छलफल भएको जनाइएको छ।

नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको सहयोगप्रति गृहमन्त्री गुरुङले धन्यवाद दिएका छन्।

तीनदिने भारत भ्रमण पूरा गरी उनी बुधबार साँझ नेपाल फर्किने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्