२२ असाेज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रवि) ले आर्थिक वर्ष २०८३र८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
त्रिविका अनुसार यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८२र८३ मा त्रिविको बजेट २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँ थियो।
त्रिविले आज आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो।
विगतमा साउनमै बजेट ल्याउने गरे पनि यसपटक सिनेटर नियुक्ति नहुँदा बजेट सार्वजनिक गर्न ढिलाइ भएको बताइएको छ।






























