Skip

Hamro Sanchar

हर्मुजमा अमेरिकाको सबैभन्दा आधुनिक पनडुब्बी कब्जा गर्‍यौँ : इरान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौं । इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ।

यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो।

फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ुइन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बीुमध्ये एक हो।

एजेन्सीको दाबी छ, ‘यसलाई हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिइएको हो।’

फार्सले पनडुब्बी कहिले र कसरी नियन्त्रणमा लिइयो भन्ने विषयमा विस्तृत विवरण भने दिएको छैन।

साथै यस विषयमा अमेरिकाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

इरान र अमेरिकाबिच फेरि द्वन्द्व बढिरहेका बेला यो समाचार आएको हो।

केही दिनअघि मात्र इरानले आफ्नो सैन्य रणनीति परिवर्तन गर्ने बताएको थियो।


प्रतिकृया दिनुहोस्