Skip

Hamro Sanchar

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।

अहिले ९ वटा वाणिज्य बैङ्कमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्