Skip

Hamro Sanchar

भिक्टर पौडेल लेख्छन् :  घण्टेहरू पनि झोले बन्न थाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २२ गते


Advertisement

२२ भदौ, काठमाडौं । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले बाढीमा आफन्त गुमाएका व्यक्तिहरूले सरकारप्रति आक्रोश पोख्नु स्वाभाविक भएको भन्दै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्धसमर्थकप्रति आक्रोश व्यक्त गरेका छन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीमा आफन्त हराएका वा मृत्यु भएका बेला मानिस मानसिक रूपमा सामान्य अवस्थामा नहुने भन्दै उनीहरूले राम्रोसँग खान र सुत्नसमेत नसक्ने उल्लेख गरेका छन्।

गुहार माग्दा पनि उचित सुनुवाइ र आश्वासन नपाएपछि पीडितहरूले सरकारलाई गाली गर्नु वा आफ्नो निराशा व्यक्त गर्नु स्वाभाविक भएको उनको भनाइ छ।

तर पीडामा रहेका आफन्तको भावना बुझ्नुको सट्टा रास्वपा र सरकारका अन्धसमर्थकहरूले उल्टै पीडितको घाउमा नुन छर्कने काम गरेको पौडेलले आरोप लगाएका छन्।

उनले विगतमा कांग्रेस, एमाले र माओवादीमा देखिएको ‘झोले’ प्रवृत्तिका कारण ती दलहरूको अहिलेको अवस्था आएको टिप्पणी गर्दै अहिले ‘घण्टे’हरूले पनि त्यही बाटो पछ्याउन थालेको बताएका छन्।

 

 

 


प्रतिकृया दिनुहोस्