Skip

Hamro Sanchar

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २२ गते


Advertisement

२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केहिबेरमा राष्ट्रका नाममा सम्बोधन  गर्दै छन् ।

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । उनले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेल आजै बाढी पहिरो गएको क्षेत्रमा गएर अवलोकन गरेका थिए । त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी समेत लिएका थिए ।

भदौ १० गते गएको बाढी पहिरोका कारण रसुवा,नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको थियो ।


प्रतिकृया दिनुहोस्