Skip

Hamro Sanchar

नागढुंगानजिकै सडक भासियो, सुरुङमार्गबाट चले गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ ।

आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ ।

सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली परिचालन गरिएको छ । अध्ययनपछि आवश्यक मर्मतसम्भार गरी यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ ।

सडकको अवस्था र मर्मत कार्यका कारण यस खण्डमा यात्रा गर्ने सवारीसाधनले वैकल्पिक मार्ग तथा सुरुङमार्ग प्रयोग गर्नुपर्ने अवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस्