Skip

Hamro Sanchar

बाढी बिपत्तिका कारण पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै सवा अर्ब घाटा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १७ गते


Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको छ।

निगमले २०८३ भदौ १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको हो।

निगम सञ्चालक समितिको निर्णयअनुसार उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको जनाइएको छ।

निगमका अनुसार हालको मूल्यमा पेट्रोल र डिजेलरमट्टितेलको बिक्री गर्दा निगमलाई घाटा भइरहेको छ।

नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

यसैगरी, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा पनि अन्तर्राष्ट्रिय बजार तथा खरिद लागतको प्रभाव परेको निगमले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्