Skip

Hamro Sanchar

मंगला अमात्यले गरिन् बाढीपीडितलाई १ करोड ८ लाख सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ दिएकी छिन् ।

उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

भदौ १० गते अकस्मात आएको भीषण बाढीमा परेर हजारौं मानिस बेपत्ता भएका छन् भने हजार बढी शव फेला परिसकेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेको छ । बाढीकै कारण हजारौं मानिस घरबारविहीन भएका छन् ।

बाढी प्रभावितलाई सहयोग गर्नका लागि सरकारले पनि आह्वान गरेको छ । त्यही क्रम विभिन्न संघ, संस्था र नागरिकहरूले सहयोग रकम दिइरहेका छन् ।


प्रतिकृया दिनुहोस्