Skip

Hamro Sanchar

भोटेकोसी बाढी : ९३९ जनाको शव फेला, अझै ३९ सय सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ भने अझै तीन हजार ९२५ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सोमबार साँझ ६ बजेसम्म नदी किनारका विभिन्न स्थानमा सोमबारसम्म ९३९ शव भेटिएका छन्। सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन्।

त्यस्तै, रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासीपूर्वमा २१६, नवलपरासी पश्चिममा १६८ र तनहुँमा ३८ शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीपछि तीन हजार ९२५ जना सम्पर्कविहीन छन्। सबैभन्दा बढी रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा काम गर्ने कर्मचारी र मजदूर गरी ६३९ जना सम्पर्कविहीन रहेका छन्।


प्रतिकृया दिनुहोस्