Skip

Hamro Sanchar

भोटेकोसी बाढी : पहिचान हुन नसकेका १९९ शव गाडियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ । पहिचान भएका शब आफन्तलाई बुझाइएको छ ।

बाँकी शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो ।

नदी तटमा फेला परेका २७२ शवमा ६२ महिला, ११० पुरुष, सात बालक, ६ बालिका र ८७ जना पहिचान खुल्न नसकेका (अन्य)छन् ।

यसमध्ये शनिबार ९६ र आइतबार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् ।


प्रतिकृया दिनुहोस्