Skip

Hamro Sanchar

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

उनले फेसबुकबाट आज सो घोषणा गरेका हुन् ।

साम्पाङले लेखेका छन्, ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पिडितकोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’

यो अहिलेलाई पार्टीको तर्फबाट भएको र पछि राहत तथा साथ अभियानबाट अरु धेरै थप्ने साम्पाङले बताएका छन् ।


प्रतिकृया दिनुहोस्