Skip

Hamro Sanchar

काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । आज बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा खुलेको छ ।

रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारीसाधन चलाउन प्रहरीले रोक लगाएको थियो

भोटेकोशी बाढीको बहाब जोखिमपूर्ण नभएको सूचना जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गराएपछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्