Skip

Hamro Sanchar

चिनियाँ उद्धार टोली रसुवामा, जुटे उद्धारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । रसुवामा बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ ।

चीनले पठाएको उद्धार टोली हेलिकोप्टरमार्फत सीधै रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेको हो । टोलीमा सुरुङ उद्धारसम्बन्धी ४ जना विज्ञ रहेको बताइएको छ ।

सरकारले रसुवाका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदारको उद्धारका लागि चीनसँग सहयोग मागेको थियो ।

चिनियाँ टोलीले सुरुङमा फसेकाहरूको उद्धारमा नेपाली उद्धार टोलीसँग समन्वय गरी आवश्यक प्राविधिक सहयोग गर्नेछ । परराष्ट्रमन्त्री शिशिर खनालले केहीबेरअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ उद्धार टोली नेपाल आउन लागेको जानकारी दिएका थिए ।

यसअघि भारतबाट पनि सुरुङ उद्धारसम्बन्धी ११ जनाको विज्ञ टोली नेपाल आइसकेको छ ।


प्रतिकृया दिनुहोस्