काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका दुई युवा लक्ष्मण श्रेष्ठ र अर्जुन नगरकोटी त्रिशूली (भोटेकोसी) नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलागेपछि खोजीका लागि वडाध्यक्ष सुरज खड्काको नेतृत्वमा टोली परिचालन भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको विशेष सल्लाह तथा समन्वयमा वडा नं. २ का सम्बन्धित वडा सदस्य महेश्वर श्रेष्ठ, नगर प्रहरी प्रमुख सुविन कार्की तथा पीडित पक्षका सदस्यहरू सम्मिलित टोली त्रिशूली बेसिनका विभिन्न क्षेत्र हुँदै चितवनलगायतका स्थानमा खोजीका लागि प्रस्थान गरेको हो।
सम्पर्कविहीन युवाहरूको सम्भावित अवस्थाबारे जानकारी लिन त्रिशूली नदीका विभिन्न स्पट तथा विशेषगरी चितवन आसपासका क्षेत्रमा भएका उद्धार र सनाखत प्रक्रियासमेतलाई ध्यानमा राखेर खोजी अघि बढाइएको जनाइएको छ।
वडाले सम्बन्धित सबै पक्षलाई आवश्यक समन्वय तथा सहयोग गरिदिन अनुरोध गरेको छ।
उल्लेखित फोटोमा रहेका व्यक्तिहरू देख्नु वा भेट्नु हुने जो–कोहीले आवश्यक उद्धार तथा सहयोग गरी निम्न सम्पर्क नम्बरमा तत्काल जानकारी गराउनसमेत अनुरोध गरिएको छ।
सम्पर्क नम्बर :
सुरज खड्का (वडाध्यक्ष) : ९८५१०८०४६२
महेश्वर श्रेष्ठ (वडा सदस्य) : ९८५१०७४७४९
सुविन कार्की (प्रहरी प्रमुख) : ९८६००३४८१०
जितेन्द्र राज नगरकोटी (पीडित पक्ष) : ९८४१२८४४४३
साकार ढकाल (नगर प्रहरी) : ९८४३२४१९४०
सुरज नगरकोटी (पीडित पक्ष) : ९८४३२११४९३






























