Skip

Hamro Sanchar

बाढीपीडितलाई चौधरी ग्रुपले दियो १५ करोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ,काठमाडौँ । रसुवा बाढीमा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन्।

गत बुधबारको बाढीले ठूलो धनजनको क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेपछि उद्योगी व्यवसायी र सर्वसाधारणबाट कोषमा सहयोग जम्मा भइरहेको छ।

सोहीअनुसार व्यावसायिक घराना चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको अर्थ मन्त्रालयले जनाएको छ। चौधरी ग्रुप र नबिल बैंक विनोद चौधरी परिवारको लगानी छ ।


प्रतिकृया दिनुहोस्