१३ भदौ, काठमाडौं । धादिङमा नदिले बगाएर ल्याएको बैंकको ‘सेफ’ फोड्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको थापाले बताए ।






























