Skip

Hamro Sanchar

सञ्चालनमा आयो पृथ्वी राजमार्ग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो।

यो संगै केन्द्रीय राजधानी काठमाडौं आवत-जावत सुचारु भएको छ ।


प्रतिकृया दिनुहोस्