Skip

Hamro Sanchar

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल १५ करोड रुपैयाँ सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।

अर्थमन्त्री डा. वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवम् महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे।


प्रतिकृया दिनुहोस्