Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई फोन गरेर पाकिस्तानी प्रधानमन्त्री सरिफले भने : राहत सामग्री पठाउछौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी समवेदना दिएका छन्।

आज दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत दिएका हुन्।

सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने पनि जानकारी दिएका छन्।

‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले लेखेका छन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेनसँग कुरा गरेका थिए।

बेलायत, बंगलादेश, दक्षिण कोरियालगायत मुलुकका विदेशमन्त्रीहरुले परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरेका छन् ।


प्रतिकृया दिनुहोस्