११ भदौ, चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै चितवन प्रहरीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो।
विपद्को यस संवेदनशील घडीमा घिनौना र अमानवीय गतिविधि गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।






























