Skip

Hamro Sanchar

चिनले भन्यो : भोटेकोसीको शिरमा फेरि २० लाख घनमिटर पानीको ताल बन्यो, जोखिक कायमै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले भोटेकोसीको शिरमा खोला थुनिएर आज बिहानसम्म २० लाख घनमिटर पानीको तलाउ बनेको बताएको छ।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी सो ठाउँमा आउने अनुमान गरिएको छ।

मन्त्रालयलाई उधृत गर्दै सीसीटीभीले जनाएअनुसार सो पानीको तलाउ फुट्न सक्ने उच्च जोखिम रहेको बताएको छ।

मन्त्रालयले सो तलाउको स्थिति निगरानी गरिरहेको र अचानक त्यो फुटे आपतकालीन उद्धार कसरी गर्ने भन्ने सम्बन्ध अधययन गरिरहेको पनि उल्लेख गरेको छ।

बुधबार आएको बाढीले नेपालमा भयानक विनाश गरेको छ। हालसम्म २७० जनाको शव भेटिएको छ भने करिब एक हजार हराइरहेका छन् ।


प्रतिकृया दिनुहोस्