Skip

Hamro Sanchar

भोटेकोसी बाढी : १७७ शव फेला, ३३ जना उपचाररत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा बुधबार  बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १७७ जनाको शव फेला परेको छ ।

रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन र नवरपरासीमा शवहरू फेला परेका हुन् ।

प्रहरीका अनुसार, हालसम्म रसुुवामा २, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३२, तनहुँमा नौ, चितवनमा ६९ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ६ वटा शव फेला परेका छन् ।

बाढीमा परी घाइते भएका ३३ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्