Skip

Hamro Sanchar

बाढीपीडितको राहतका लागि गोल्छा ग्रुपद्वारा १ करोड ५० लाख रुपैयाँको सहयोग घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । रसुवा बाढीबाट अति प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायताका लागि गोल्छा ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

ग्रुपका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत यो कठिन समयमा सरकार र प्रभावित समुदायसँग हातेमालो गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्न लागिएको जानकारी दिएका हुन्।

रसुवा र अन्य प्रभावित क्षेत्रबाट आएका दृश्यहरूले सबैलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै गोल्छाले यस विपत्तिमा प्रियजन गुमाएका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

साथै, अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारहरूको पीडामा ऐक्यबद्धता जनाउँदै पहिलो प्राथमिकता उद्धार र राहत हुनुपर्नेमा जोड दिएका छन् ।


प्रतिकृया दिनुहोस्