Skip

Hamro Sanchar

‘चीनले बाढीको सूचना नेपाललाई दिएन’ भन्ने आरोपबारे चिनियाँ दूतावासले के भन्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । नेपाललाई बाढीको सूचना नदिएको आरोप’को विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ ।

दूतावासले आज सामाजिक सञ्जालमार्फत चीनमाथि लागेको आरोपको खण्डन गरेको हो ।

बुधबार आएको बाढीले नेपालको मात्रै नभएर चीनतर्फ पनि उत्तिकै क्षति भएको जनाउँदै दूतावासले ‘चीनले सूचना दिएन’ भन्नु झुट भएको जनाएको छ ।

‘चीनले नेपालीपक्षलाई कुनै पूर्वसूचना नदिएका कारण नेपाली पक्षमा ठूलो जनधनको क्षति भयो भन्नु झुट हो’, दूतावासले भनेको छ । दूतावासले हिमपहिरोपछि घटना भएको दाबी गरेको छ ।

दूतावासले अगाडि भनेको छ, ‘आरोप लगाउनुले कुनै समस्या समाधान गर्दैन । सहकार्यले जीवन बचाउँछ ।

 


प्रतिकृया दिनुहोस्