Skip

Hamro Sanchar

भोटेकोसी बाढी : हालसम्म १५७ जनाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ११ गते


Advertisement

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, ६ बालिका, सात बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन ।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । नुवाकोटमा ६ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा ६ जना (पहिचान नखुलेको)को शव भेटिएको छ ।

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठजनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ ।

तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एकजनाको शव भेटिएको छ ।

नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चारजनाको शव भेटिएको छ ।


प्रतिकृया दिनुहोस्