Skip

Hamro Sanchar

भर्खरै बनेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको रसुवास्थित निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना ध्वस्त भएको छ।

भोटेकोसीमा आएको भीषण बाढीले यो आयोजना नै तहसनहस बनाएको हो ।

आयोजनाको पावर हाउस बाढीले पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन्।

आज बिहान चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको हो ।

निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कर्मचारी र मजदुर सुरुङभित्र कंक्रिट ढलानको काममा व्यस्त थिए ।

आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए । उनीहरू बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले बताए ।


प्रतिकृया दिनुहोस्