Skip

Hamro Sanchar

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन, २५ जना सम्पर्कमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरु सम्पर्क विहीन भएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् ।

सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्