Skip

Hamro Sanchar

विपत्तिविरुद्ध सबै एकजुट भएर लडौं : प्रधानमन्त्री बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिविरुद्ध लड्न सबै एकजुट हुन अनुरोध गरेका छन् ।

रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकमा नेपाली सेनाका उपरथी अनुमजंग थापाले उद्धारबारे ब्रिफिङ गरेका थिए ।

छलफलमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारले तदारुकता देखाएको भनेर धन्यवाद दिए । उद्धार र राहतमा कुनै कमी नगर्न सरकारलाई अनुरोध गरे ।

प्रधानमन्त्री शाहले भने विपद्‍को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीबाट क्षतिग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेका हुन् ।


प्रतिकृया दिनुहोस्