Skip

Hamro Sanchar

रसुवा बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । भोटेकोसीमा आएको बाढीमा फसेका रसुवाका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार, स्याप्रुबेसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो।

बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर उद्धारका लागि खटिएको नेपाली सेनाले जनाएको छ।

उद्धार गरिएका बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार गरिरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्