१० भदौ, काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपीडितको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निजी कम्पनीका हेलिकोप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री बालेनले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।































