१० भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी सहायक निरीक्षकसहित १२ प्रहरीलाई सेवाबाट हटाउने तयारी गरेको छ।
प्रहरी प्रधान कार्यालय मातहतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैर हाजिर रहेका प्रहरी सहायक निरीक्षक खड्गबहादुर गुरुङसहितसँग स्पष्टीकरण सोधेको छ।
गुरुङसहित एक जना प्रहरी हबलदार, पाँच जना सहायक हबलदार र पाँच जना प्रहरी जवानसँग स्पष्टीकरण माग गरिएको छ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन सूचनामा भनिएको छ।
अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ ।































