९ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
आज प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको छ। मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएकामा एक मत विपक्षमा परेको हो।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक पर्छ। मुख्यमन्त्री थापामगरले संविधानको धारा १६८ को उपधारा ९४० तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन्।
विश्वासको मतको मतदान प्रक्रियामा नेपाली कांग्रेसले भने प्रदेशसभा बहिष्कार गरेको थियो।
नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को समर्थनमा बागमती प्रदेशमा वर्तमान सरकार गठन भएको हो। राप्रपाभित्रको आन्तरिक विवादबीच नयाँ सरकार गठन भएको थियो ।































