Skip

Hamro Sanchar

भोलि सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गरी भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय भएको जनाएका छन्।

‘बुधबारका दिन मोहम्मद जयन्ती परेको बेहोरा जानकारी प्राप्त हुन आएको हुँदा मिति २०८३ भदौ १० गते नेपाली मुस्लिम धर्मालम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

यससँगै गृह मन्त्रायलले मोहम्मद जयन्तीका अवसरमा मुस्मिल धर्मालम्बीलाई शुभकामना पनि व्यक्त गरेको छ ।


प्रतिकृया दिनुहोस्