Skip

Hamro Sanchar

बागमतीका मुख्यमन्त्री थापामगरले आज पाउलान् विश्वासको मत ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ८ गते


Advertisement

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदैछन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (४)तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री थापामगरलाई सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले विश्वासको मत दिने तयारी गरेका छन्।

नेकपाले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।

नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।

त्यस्तै, मुख्यमन्त्री थापामगरको आफ्नै दल नेकपा एमालेले पनि आफ्ना प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

 


प्रतिकृया दिनुहोस्