७ भदौ, राजविराज । बाराकी ३ वर्षकि बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै
सप्तरीमा २ वर्षीया बालिकाको शंकास्पद मृत्यु भएको छ।
जिल्लाको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौक निवासी मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन घर पछाडिको झाडीमा मृत फेला परेकी हुन्।
बिहानदेखि घर आँगनमा खेलिरहेकी खुशी आइतबार बिहान साढे १० बजेदेखि हराएको जानकारी प्रहरीलाई आएको थियो।
लगत्तै पुगेका प्रहरी टोलीले खोजी गर्दा बालिका मृत अवस्थामा भेटेको घटनास्थलबाट सप्तरीका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
बालिकाको मृत्युको कारण तत्कालै नखुलेको र तालिम प्राप्त कुकुरको परिचालनसहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक खड्काका अनुसार घटनामा संलग्न भएको आशंकामा अनुसन्धानकालागि एक जनालाई पक्राउ समेत गरिएको छ।





























